२९ जेठ २०८३, शुक्रबार

डलर प्रभुत्व भत्काउन रुसले राख्यो नयाँ प्रस्ताव

भदौ १, २०७९
डलर प्रभुत्व भत्काउन रुसले राख्यो नयाँ प्रस्ताव

रुसले अमेरिकी डलरको प्रभुत्व भत्काउनका लागि बैंकिङ प्रणाली स्विफ्टको विकल्प आफ्ना व्यापारिक साझेदारहरूलाई उपलब्ध गराउने प्रस्ताव राखेको छ । 

शांघाई कोअपरेसन अर्गनाइजेसनका १८ सदस्य तथा सहयोगी राष्ट्रलाई मस्कोले स्विफ्टको विकल्पको प्रस्ताव गरेको हो । 

अमेरिकी डलर र युरोलाई बहिष्कार गर्दै राष्ट्रिय मुद्रामा कारोबार गर्ने रुसको प्रस्ताव छ । 

‘हाम्रा बैंकहरूबीच अबाधित सहकार्यलाई सुनिश्चित गर्नका लागि हामी संगठनका सदस्यहरूलाई रुसी फाइनान्सियल मेसेजिङ प्रणालीमा जोडिन सुझाव दिन्छौं,’ आर्थिक विकास मन्त्री म्याक्सिम रेशेत्निकोभले मंगलवार एससीओ सदस्यहरूलाई भिडियोमार्फत सम्बोधन गर्दै बताए । 

रुसले स्विफ्टको विकल्पका रूपमा एसपीएफएस ल्याएको छ । 

राष्ट्रिय मुद्रामा गरिने भुक्तानीको सकारात्मक परिणाम देखिन थालिसकिएको उनको भनाइ छ । उदाहरणका लागि, रुस र चीनबीचको कारोबारको एक चौथाइ हिस्सा रुबल र युआनमा भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्