×

X
Nic Asia
Marvel

लुम्बिनी अस्पतालमा १५० शय्याको प्रसूती भवन मन्त्रीद्वय चौधरी र खापुङद्वारा उद्घाटन

बुटवल | भदौ १, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

शहरी विकास मन्त्रालय अन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसूती भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्तान्तरण गरिएको छ ।

DHARA
LAxmi BAnk

बुधवार शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुुङले संयुुक्त रूपमा ४ तले सुविधा सम्पन्न प्रसूती भवनको उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रसूुतीका लागि भरपर्दो मानिएको लुम्बिनीमा शय्या अभाव भएको गुनासो आएपछि १५० शय्याको प्रसूती भवन निर्माण गरिएको छ ।  

शहरी विकास मन्त्रालयअन्तर्गत संघीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो । उद्घाटन समारोहमै मन्त्रीद्वयको उपस्थितिमा आयोजना इकाई कार्यालयले लुम्बिनी प्रादेशिक अस्पताललाई भवन हस्तान्तरण समेत गरेको छ ।


Advertisment
Bizbazar
Saurya island

कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मेटमणि चौधरीले प्रसुति भवनले बुुटवल र आपासका बिरामीहरूलाई ठूलो राहात पुुग्ने बताए । उनले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गरे ।

अस्पतालले बिरामीलाई सहज रूपमा सर्वसुलभ र गुुणस्तरीय सेवा दिनुपर्ने मन्त्री चौधरीले बताए । 

Vianet communication
IME BANK INNEWS

कार्यक्रममा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुुङले मुटुु, मिर्गाैला तथा क्यान्सर जस्ता रोगका कारण बर्सेनि ५ लाख नेपालीहरू गरीबीको रेखामा पर्ने गरेको तथ्यांक देखिएको बताउँदै अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुुपर्ने बताए ।

उनले स्वास्थ्य मानव सेवा भएकाले भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यमा गुुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । मन्त्री खापुुङले सरकार नागरिकको स्वास्थ्यमा संवेदनशील रहेको बताए । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महानिर्देशन सुरेन्द्रमोहन श्रेष्ठ, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रसूती भवन निर्माणले लुम्बिनीको सेवालाई गुणस्तरीय बनाउन टेवा पुुग्ने बताए ।

कार्यक्रममा संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख रमेश थिङले २०७५ सालमा सम्झौता भएको भवन निर्धारित समयमै सम्पन्न भएको जानकारी दिए ।  

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले सुविधा सम्पन्न प्रसूती भवन बनेकाले यसले नागरिकलाई राहात पुुग्ने बताए । उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा वार्षिक १३ हजारले प्रसूती सेवा लिन्छन् ।   

अपाङ्गमैत्री र लिफ्टको व्यवस्था रहेको भवनमा इर्मेजेन्सी, आईसीयूू, एनआईसीयूू, मेजर एण्ड माइनर, ओटी, पोस्ट अपरेसन रुम, मातृशिशुु वार्ड, सम्पूर्ण बच्चाहरूको खोप लगाइने लगायतका कक्षहरू बनाइएको छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

झापामा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र...

असोज ९, २०७९

काठमाडौं- गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ । त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर ...

असोज १०, २०७९

मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार प्रकाशित गरेको नियमित बुलेटिनमा डेंगुका कारण हालसम्म ३२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ...

असोज १०, २०७९

अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।  टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन । ...

असोज १०, २०७९

काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।&n...

असोज १०, २०७९

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच विद्यार्थीहरूलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको छ । अनेरास्ववियूले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x