२५ जेठ २०८३, सोमबार

विना रसिद विद्यार्थीबाट लिइएको २ लाख ७६ हजार नगदसहित कागजात अख्तियारको नियन्त्रणमा

विना रसिद विद्यार्थीबाट लिइएको २ लाख ७६ हजार नगदसहित कागजात अख्तियारको नियन्त्रणमा
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–६ स्थित जन नमूना माविले भर्ना गर्दा विना रसिद विभिन्न विद्यार्थीबाट लिएको २ लाख ७६ हजार ६९० रुपैयाँ र सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।

साउन २६ गते प्रकाशित ११ कक्षाको प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीबाट नेपालको संविधान, उच्च अदालत सुर्खेतको २०७८ मंसिर १ गतेको परमादेश विपरीत विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिल समेत नदिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले विद्यालयबाट विना रसिद विभिन्न विद्यार्थीबाट लिइएको रकम नियन्त्रणमा लिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
टोलीले २ लाख ७६ हजार ६९० रुपैयाँ असूल गरिसकेको अवस्थामा रकम र सम्बन्धित कागजातहरू बुधवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

नेपाल सरकारले निःशुल्क घोषणा गरेका अन्य सामुदायिक विद्यालयले समेत विना रसिद विभिन्न नाममा विभिन्न कक्षाहरूमा शुल्क असूल गरेको भन्ने उजुरीउपर आयोगका कार्यालयहरूबाट छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्