०७ असार २०८३, आइतबार

गोविन्द केसीसँगको दोस्रो चरणको वार्ता पनि विफल

कात्तिक २०, २०७४
गोविन्द केसीसँगको दोस्रो चरणको वार्ता पनि विफल

काठमाडौँ, १४ साउन - सरकार र अनशनरत प्राडा गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता पनि अघिल्लो जस्तै बिनानिष्कर्ष टुंगिएको छ ।

शिक्षा मन्त्रालयमा आज भएको दोस्रो चरणको वार्ता संसद्मा रहेको चिकित्सा शिक्षा विधेयकका बारेमा कुरा अघि नबढेपछि बिनानिष्कर्ष टुंगिएको हो ।

सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनको मुख्य विषय चिकित्सा शिक्षा भएकाले आफूहरुले मात्र त्यसको पार लाउन नसक्ने भएको प्रधानमन्त्री, शिक्षा तथा स्वास्थ्यमन्त्रीस्तरबाटै सहजीकरण गराउन पहल भइरहेको बताए ।govinda

उनले भने , “विधेयक संसद्मा छलफलमा छ, विधेयकमा थप्नुपर्ने, संशोधन गर्नुपर्ने विषय राजनीतिकरुपमा पनि समाधान खोज्नुपर्ने देखिन्छ । जतिसक्दो चाँडो विधेयक पारित गराई अनशन बस्ने अवस्था आउन नदिनेतिर पहल भइरहेको छ ।”

डा केसी पक्षका वार्ता टोली सदस्य डा अभिषेकराज सिंहले सरकारी पक्षले बहसको विषय आफ्नो दायराभन्दा बाहिर भनेपछि वार्ता अघि बढ्न नसकेको बताए ।


वार्तामा शिक्षा सचिव श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा विनोदमान श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीनाथ मैनाली र डा केसीका तर्फबाट प्रा डा वाइपी सिंह, डा अभिषेकराज सिंह, डा जीवन क्षेत्री, डा रञ्जन सापकोटा र डा सुमन आचार्य वार्तामा सहभागी थिए ।

यसैबीच आज केसी समर्थनमा राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । विवेकशील साझा पार्टी, चिकित्सक, कर्मचारी, सर्वसाधारणले चिकित्सा शिक्षा विधेयक पास गरी केसीको जीवन रक्षाको माग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्