२९ असार २०८३, सोमबार

हर्क साम्पाङको दावी : नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरू गरें, ४ ठाउँमा खानेपानीको मुहान थपें

हर्क साम्पाङको दावी : नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरू गरें, ४ ठाउँमा खानेपानीको मुहान थपें

धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ राईले आफूले धरानको विकासका लागि धेरै काम गरेको दावी गरेका छन् । 

बिहीवार बिहान सामाजिक सञ्जाल फेसबूकमा उल्लेख गर्दै उनले आफूले सय दिनमा गरेको काम भन्दै बुँदागत रुपमा उल्लेख गरेका छन् । 

उनले आफूले नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरू गरेको दावी गरेका छन् । 

यस्तै ४ ठाउँमा खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको उनले उल्लेख गरेका छन् । 

उनले भनेका छन्,'६ लाख विरुवा रोपें, सरसफाइमा देखिने सुधार ल्याएँ ।'

यस अवधिमा प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएको उनले उल्लेख गरेका छन् । 

साथमा जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको,गु औषध विरुद्धको अभियान शुरू गरेको उनले जनाएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्