२४ जेठ २०८३, आइतबार

१५ जना सांसदले स्वीकृत गराए विदा– कोही छोरीको ग्राजुएसनमा अमेरिका, कोही पत्नीको उपचारमा !

१५ जना सांसदले स्वीकृत गराए विदा– कोही छोरीको ग्राजुएसनमा अमेरिका, कोही पत्नीको उपचारमा !

संसद्का १० वटा बैठकमा लगातार अनुपस्थित हुने १५ जना सांसदले विदा स्वीकृत गराएका छन् । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले लगातार १० बैठकमा अनुपस्थित हुनेको सूचना सुनाएका हुन् । विनासूचना लगातार १० बैठकमा अनुपस्थित भएमा सांसदको पद जान्छ । 

विदा स्वीकृत गराउने सांसद कोही छोरीको ग्राजुएसनका लागि अमेरिका गएका थिए भने कोही पत्नीको उपचारमा छन् । कांग्रेसका सांसद भीमसेनदास प्रधान छोरीको ग्राजुएसनमा अमेरिका गएका थिए । 

एमाले सांसद रघुवीर महासेठ पत्नी जुलीको उपचारको लागि अमेरिका गएका थिए । दुवै सांसदले विदा स्वीकृत गराएका छन् । प्रदीप गिरी र कर्मा घले भने अस्पतालमा भर्ना भएका कारण विदा स्वीकृत गराएका हुन् । 

लोकान्तर डटकमले सांसदको हाजिरी सार्वजनिक गरिदिएपछि सांसदहरूले विदा स्वीकृत गराउन थालेका हुन् । पद नै धरापमा परेका सांसदले पछि किर्ते हाजिरी स्वीकृत गराएका थिए ।

हेर्नुहोस् विदा स्वीकृत गराउने सांसद र विदाको कारण ​​​


salt training

कमेन्ट गर्नुहोस्