०६ असार २०८३, शनिबार

घातक बन्दै मौसमी इन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो

कात्तिक २०, २०७४
घातक बन्दै मौसमी इन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो
काठमाडौँ, १५ साउन - राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पिडिएम ०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङ्जाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रूप लिएपछि उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा एच१एन१ पिडिएम ०९ भाइरसका कारण स्याङ्जामा अहिले ५० जना बिरामी परेका छन् ।h1n1pdm09-625x405

मानिसबाट मानिसमा सर्ने भएका कारण स्याङ्जाको वालिङमा यस इन्फ्लुएन्जाले महामारीको रूप लिएको हो । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन चिकित्सकले सुझाब दिएका छन् । विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ, आजको नयाँ पत्रिकामा खबर छ ।

सिजनल इन्फ्लुएन्जा (एच१एन१ पिडिएम ०९) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा.शेरबहादुर पुनले जानकारी दिए । ‘यसलाई नेपालमा निकै बेवास्ता गरेको जस्तो देखिन्छ । भारतमा एच१एन१ पिडिएम ०९ भाइरस निरन्तर दिखिँदै आएको छ,’ उनले भने ।

नेपालमा पछिल्ला केही वर्षयता एच१ एन१ पिडिएम ०९ का बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्