२४ जेठ २०८३, आइतबार

उत्तरले अमेरिका ध्वस्त पर्ने मिसाइल बनाएपछि चीनसँग रिसाए ट्रम्प !

कात्तिक २०, २०७४
उत्तरले अमेरिका ध्वस्त पर्ने मिसाइल बनाएपछि चीनसँग रिसाए ट्रम्प !
काठमाडौं, १५ साउन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको हतियार कार्यक्रममा चीनको व्यवहारले आफू निराश भएको बताएका छन् ।

ट्रम्पले ट्वीटरमा लेखेका छन् कि उत्तर कोरियाको विरुद्ध चीनले कुनै कदम नउठाउने नीति स्विकार गर्नेछैनन् ।
एक महिनापछि प्योङयाङ द्वारा इन्टरकन्टिनेन्टल बेलास्टिक मिसाइलको दुई पटक परीक्षण गरेको एक दिन पटि ट्रम्पको यस्तो ट्वीट आएको हो ।

उनले ट्वीटमा भनेका छन्,‘म चीनसँग धेरै निराश छु । हाम्रो पुराना नेताले वेबकूफी गर्दै चीनसँग लाखौं डलरको व्यापार गरेका थिए, फेरि पनि उ उत्तर कोरियाको सम्बन्धमा कुनै ठोस कदम उठाउँदैन, कुरा मात्र गर्छ ।’

उत्तर कोरियाद्वार गरिएको मिसाइल परीक्षणपछि यो दाबी गरिएको छ कि पूरै अमेरिका यो परीक्षणको क्षेत्रमा छ ।
चीनले यस परीक्षणको निन्दा गर्दै सवै पक्षलाई शान्ति कायम राख्न अपील गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्