२५ जेठ २०८३, सोमबार

सीजी रिलायन्सद्वारा मनहरीमा स्वच्छ र सुरक्षित समुदाय निर्माणमा योगदान

जेठ २४, २०८३
काठमाडौं
सीजी रिलायन्सद्वारा मनहरीमा स्वच्छ र सुरक्षित समुदाय निर्माणमा योगदान

सीजी रिलायन्स बेभरेज प्रालिले मनहरी गाउँपालिकाको वडा नम्बर ६ सँगको समन्वयमा आफ्नो उत्पादन कारखानाको वरपरका क्षेत्रमा सार्वजनिक सुरक्षा अभिवृद्धि र पर्यावरणीय जिम्मेवारीलाई प्रोत्साहन दिने उद्देश्यले समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ।

यस पहलका अन्तर्गत, स्थानीय बासिन्दा र यात्रुहरूको सुरक्षित आवागमनलाई सहयोग गर्न कारखाना परिसर नजिक सडक बत्तीहरू जडान गरिएका छन् ।

साथै, विश्व वातावरण दिवसको अवसर पारी, कम्पनीले सफाइ र पर्यावरणीय जनचेतनालाई प्रोत्साहन दिन वडाभित्रका उपयुक्त सार्वजनिक स्थानमा राख्न टिकाऊ फोहोर संकलन डस्टबिन हस्तान्तरण गरेको छ ।

मनहरी गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष युवराज थपलियाले यी पहलहरूको प्रशंसा गर्दै मनहरीमा सामुदायिक कल्याण सुदृढ गर्न कम्पनी र स्थानीय सरकारबीचको सहकार्य आवश्यक रहेको बताए । 

यी पहलहरूले सीजी रिलायन्स बेभरेज प्रालिको वरपरका समुदायमा दिगो विकास प्रवर्द्धन गर्न स्थानीय सरोकारवालासँग घनिष्ठ रूपमा काम गर्ने प्रतिबद्धतालाई थप प्रतिबिम्बित गर्ने कम्पनीले बताएको छ । 

सीजी रिलायन्स बेभरेज प्रालि नेपालको सबैभन्दा ठूलो व्यापारिक समूह चौधरी ग्रुप र रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसीजी शाखा रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडबीचको संयुक्त हो । 

null

कम्पनीले आर.सी.पी.एल.को ब्रान्ड शक्ति तथा चौधरी ग्रुपको स्थानीय बजार अनुभवलाई संयोजन गर्दै नेपालभर क्याम्पा पेय पदार्थहरूको उत्पादन तथा वितरणको जिम्मेवारी निर्वाह गर्दै आएको छ। 

रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड को एफएमसीजी शाखा, उपभोक्ताहरूको दैनिक जीवनलाई सशक्त बनाउने मिसनमा छ । नवप्रवर्तन र उपभोक्ता सन्तुष्टिप्रतिको दृढ प्रतिबद्धतासहित, रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडले विश्वव्यापी मानकलाई स्थानीय अन्तर्दृष्टिसँग मिलाएर यस्ता उत्पादन सिर्जना गर्दछ जो उपभोक्ताहरूसँग प्रतिध्वनित हुन्छन् र सबैका लागि उचित मूल्यमा सुलभ हुन्छन् ।

रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सुदृढ पूर्वाधार र विश्वासको आधारमा, कम्पनीले उपभोक्ताहरूको विकसित आवश्यकताहरू पूरा गर्ने समाधान प्रदान गर्ने र समुदायहरूसँग दीर्घकालीन सम्बन्ध स्थापित गरी राष्ट्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राख्ने कम्पनीले जनाएको छ । 

चौधरी ग्रुप नेपालको अग्रणी बहुआयामिक व्यावसायिक समूह हो, जसले खाद्य तथा पेय पदार्थ, वित्तीय सेवा, शिक्षा, आतिथ्य, सूचना प्रविधि, घरजग्गा तथा पूर्वाधार लगायतका विभिन्न क्षेत्रमा २६० भन्दा बढी ब्रान्ड र २०० भन्दा बढी कम्पनीमार्फत व्यवसाय सञ्चालन गर्दै आएको छ । सीजी नेपालमा क्याम्पा उत्पादनहरूको आधिकारिक उत्पादन तथा वितरण साझेदार हो ।

salt training

कमेन्ट गर्नुहोस्