११ असार २०८३, बिहीबार

सौराहामा टीभीएसको रोमाञ्चक राइड, ४० जना राइडर सहभागी

सौराहामा टीभीएसको रोमाञ्चक राइड, ४० जना राइडर सहभागी

लोकप्रिय टू–ह्वीलर्स कम्पनी टीभीएसले शनिवार चितवनको प्रसिद्ध पर्यटकीय स्थल सौराहामा रोमाञ्चक राइडको आयोजना गरेको छ । टीभीएसले अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइडअन्तर्गत नारायणगढको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्याण्डसम्म राइड आयोजना गरिएको हो । त्यस क्रममा ४० जना राइडर सहभागी भएका थिए ।

बाइक राइडमा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी दिएका थिए । उनले भने ‘हामीले सडक सुरक्षासम्बन्धी थप जानकारी दिने मौका पाएका छौँ । यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको पर्यटकीयस्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य छ ।’ उनले यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा व्यक्त गरे । 

त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तब्य राखेका थिए । उनले अन्य ब्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टीभीएसले गरेकोमा खुशी ब्यक्त गरे ।

टीभीएसले हालसम्म एओजी राइडकार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट भनेका छन् । यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने तयारी छ । 

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टीभीएस टु–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको कम्पनीको दाबी छ । 

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपूर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको कम्पनीको दाबी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्