०७ असार २०८३, आइतबार

कारभित्र नेत्रीसँग रोमान्स गरिरहेका यी नेता रङ्गेहात फेला, पत्नीले कुटेपछि पार्टीबाट निष्कासित

भदौ ६, २०७९
कारभित्र नेत्रीसँग रोमान्स गरिरहेका यी नेता रङ्गेहात फेला, पत्नीले कुटेपछि पार्टीबाट निष्कासित

आफ्नै पार्टीकी नेत्रीसँग रोमान्स गरिरहेको बेला पत्नीले रङ्गेहात फेला पारेका उत्तर प्रदेशको कानपुरका भारतीय जनता पार्टी (भाजपा) नेता मोहित सोनकरलाई पार्टीबाट निष्कासन गरिएको छ ।

रङ्गेहात फेला पारेपछि पत्नी र ससुरालीपट्टिका व्यक्तिले मोहितलाई कुटेका थिए । नेतासँग रोमान्स गर्ने नेत्रीलाई समेत पार्टीले निष्कासन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोहितलाई पत्नीले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो घटना शनिवार राति भएको हो ।

यसअघि नै मोहितकी पत्नीले आफ्ना पति र भाजपा नेत्रीको चक्करबारे प्रहरीमा निवेदन दिएकी थिइन् । उनले दुवै जना बिहे गर्न लागेको सूचना समेत दिएकी थिइन् । यस्तै बेला दुवै जना रोमान्स गरिरहेको अवस्थामा रङ्गेहात फेला परेका हुन् ।

यसअघि समेत दुवै जना रेलवे ग्राउन्डमा समेत रङ्गेहात फेला परेका थिए । तर प्रहरीसामु आफू नेता भएको परिचय दिएर उन्मुक्ति पाएका थिए । त्यतिबेला दुवैले प्रहरीसामु माफी समेत मागेका थिए ।

कमेन्ट गर्नुहोस्