२५ जेठ २०८३, सोमबार

निर्वाचनको प्रचारमा विदेशी गाडी प्रयोग गर्न नपाइने

निर्वाचनको प्रचारमा विदेशी गाडी प्रयोग गर्न नपाइने

निर्वाचन आयोगले निर्वाचन प्रचार–प्रसारका लागि विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमति नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा उक्त कुरा उल्लेख गरिएको छ । 

राजनीतिक दलका नेताहरूसँग आचार–संहिता विषयमा आयोगले सोमवार छलफल गर्ने क्रममा प्रस्तुत गरेको प्रस्तावमा निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवारका लागि आयोगले तोकेबमोजिम बढीमा २ पांग्रे, तीन पांग्रे वा चार पांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न सकिने उल्लेख छ । तर, विदेशी नम्बर प्लेटका सवारीलाई भने अनुमति दिइने छैन । 

राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्दा समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्द सूचीका उम्मेदवारको संख्याको आधारमा आयोगले तोकेबमोजिम दलले खर्च गर्न पाउने सीमाभित्र रहेर मात्र प्रयोग गर्न पाउने उल्लेख छ । 

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्