१२ असार २०८३, शुक्रबार

तस्वीरमा हेर्नुस्, चीनमा सेनाको भव्य परेड, नयाँ प्रविधिका हतियार प्रदर्शन

कात्तिक २०, २०७४
तस्वीरमा हेर्नुस्, चीनमा सेनाको भव्य परेड, नयाँ प्रविधिका हतियार प्रदर्शन

काठमाडौं, १५ साउन– चीनले सेनाको ९० औं वार्षीक उत्सवको दुई दिन पहिला भव्य परेडको आयोजना गरेको छ । आइतबार बिहान उत्तरी चीनको झुर्येई तामिक केन्द्रमा एक सैन्य परेडको आयोजना गरिएको हो । चीनको पिपुल्स लिबरेशन पार्टी आगामी हप्ता आफ्नो ९० औं वर्षगाठा मनाउन गरिहेको छ । तर, त्यसअघि नै परेडको आयोजना गरिएको हो ।

युद्धका लागि तयार रहनुः चिनफिङ

चिनियाँ राष्ट्रपति शी चिनफिङ, कम्युनिष्ट पार्टीका केन्द्रीय समितका जनरल सचिव तथा केन्द्रीय सैन्य अयोगका अध्यक्षले सैनिकको निरीक्षण गरेका थिए र भाषण गरेका थिए । चिनफिङलृ पीएलएको मुकाबला गर्ने तयारी बढाउन तथा युद्धको ध्यानमा राखेका एक विशिष्ट बल बनाउनका लागि आग्रह गरेका थिए ।

चिनियाँ सेना १ अगस्टलाई आफ् वार्षीक उत्सव मनाउँदै आएको छ ।

१ हजार वर्ग किलोमिटर भन्दा धेरै क्षेत्र ओगट्ने झुर्येई एशियाको सवैभन्दा ठूलो तालिम केन्द्र हो ।

चिनफिङले पीएलए अधिकारी तथा सैनिकलाई पूरै दिलदेखि मानिसको सेवा गर्न र सधै नागरिकको पक्षमा खडा हुनका लागि आग्रह गरे । उनले चीनलाई पहिलाको भन्दा मजबूद सेनाको आवश्यकता रहेको बताए ।

उनले शान्तिको आनन्द लिनका लागि र सुखको लागि शान्तिको रक्षा गर्नु सेनाको जिम्मेवारी भएको उनले बताए ।

परेडमा करिब १२ हजार जवानले भाग लिएका थिए र १२९ विमान तथा ५७१ उपकरणको यसबीचमा प्रदर्शनी गरिएको थियो । डोगफेम मिसाइल जसमा सानो, ठूलो र मध्य दूरीको रकेट थिए तथा अन्य अत्याधुनिक उपकरण प्रदर्शन गरिएको थियो ।

पछिल्लो समय उत्तर कोरियाको आणविक कार्यक्रममा चीनले कुनै कदन नचालेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ भने छिमेकी राष्ट्र भारतसँगको सीमा विवादका कारण चीनको यो परेडलाई विश्वस्तरमा निकै चासोका साथ हेरिएको छ ।











salt training

कमेन्ट गर्नुहोस्