काठमाडौं, १५ साउन– चीनले सेनाको ९० औं वार्षीक उत्सवको दुई दिन पहिला भव्य परेडको आयोजना गरेको छ । आइतबार बिहान उत्तरी चीनको झुर्येई तामिक केन्द्रमा एक सैन्य परेडको आयोजना गरिएको हो । चीनको पिपुल्स लिबरेशन पार्टी आगामी हप्ता आफ्नो ९० औं वर्षगाठा मनाउन गरिहेको छ । तर, त्यसअघि नै परेडको आयोजना गरिएको हो । युद्धका लागि तयार रहनुः चिनफिङ
चिनियाँ राष्ट्रपति शी चिनफिङ, कम्युनिष्ट पार्टीका केन्द्रीय समितका जनरल सचिव तथा केन्द्रीय सैन्य अयोगका अध्यक्षले सैनिकको निरीक्षण गरेका थिए र भाषण गरेका थिए । चिनफिङलृ पीएलएको मुकाबला गर्ने तयारी बढाउन तथा युद्धको ध्यानमा राखेका एक विशिष्ट बल बनाउनका लागि आग्रह गरेका थिए ।
चिनियाँ सेना १ अगस्टलाई आफ् वार्षीक उत्सव मनाउँदै आएको छ ।
१ हजार वर्ग किलोमिटर भन्दा धेरै क्षेत्र ओगट्ने झुर्येई एशियाको सवैभन्दा ठूलो तालिम केन्द्र हो । चिनफिङले पीएलए अधिकारी तथा सैनिकलाई पूरै दिलदेखि मानिसको सेवा गर्न र सधै नागरिकको पक्षमा खडा हुनका लागि आग्रह गरे । उनले चीनलाई पहिलाको भन्दा मजबूद सेनाको आवश्यकता रहेको बताए ।
उनले शान्तिको आनन्द लिनका लागि र सुखको लागि शान्तिको रक्षा गर्नु सेनाको जिम्मेवारी भएको उनले बताए । परेडमा करिब १२ हजार जवानले भाग लिएका थिए र १२९ विमान तथा ५७१ उपकरणको यसबीचमा प्रदर्शनी गरिएको थियो । डोगफेम मिसाइल जसमा सानो, ठूलो र मध्य दूरीको रकेट थिए तथा अन्य अत्याधुनिक उपकरण प्रदर्शन गरिएको थियो । पछिल्लो समय उत्तर कोरियाको आणविक कार्यक्रममा चीनले कुनै कदन नचालेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ भने छिमेकी राष्ट्र भारतसँगको सीमा विवादका कारण चीनको यो परेडलाई विश्वस्तरमा निकै चासोका साथ हेरिएको छ ।