३१ असार २०८३, बुधबार

काभ्रे प्रशासनमा ३० मिटरब्याजीविरुद्ध उजुरी

काभ्रे प्रशासनमा ३० मिटरब्याजीविरुद्ध उजुरी

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’ विरुद्ध उजुरी परेको छ ।

१७ पीडितले दिएको उजुरीमध्ये केही सहकारी समेत रहेका कार्यालयले जनाएको छ ।

१७ व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी शुरू गरिएको छ ।

सरकारले गत साउनमा भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिक रूपमा अपिल गरेको थियो ।

सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ । काभ्रेमा भने सरकारले उजुरी दिन आह्वान गर्नुअगावै केही मिटरब्याजी पीडितको भागाभाग समेत भएको थियो । हाल पनि केही पीडित सम्पर्कविहीन अवस्थामा रहेका बताइएको छ । 

मिटरब्याजीले पीडितसँग रकम लिनुअगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले केही पीडितलाई चेक अनादर मुद्दामा कारागार समेत पठाएको घटना सार्वजनिक भएका छन् । मिटरब्याज लिनेमा सहकारी संस्था पनि रहेका छन् । 

केही सहकारीका प्रबन्धक र सञ्चालकविरुद्ध पनि कार्यालयमा उजुरी दर्ता भएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्