रुसको गुप्तचर निकाय फेडरल सिक्योरिटी सर्भिसले युक्रेनी नागरिक नताल्या भोभ्कको भिडियो सार्वजनिक गरेको छ ।
शनिवार मस्कोमा कार बम विस्फोट गराई पत्रकार तथा रुसी चिन्तक अलेक्जेन्डर डुगिनकी पुत्री दारिया डुगिनाको हत्यामा भोभ्क मुख्य आरोपित हुन् । सोमवार सार्वजनिक गरिएको भिडियो फूटेजमा भोभ्क र उनकी किशोरी छोरी रुस प्रवेश गरेको, डुगिना बसेको भवनमा गएको र हतारमा रुसबाट निस्केको देखिन्छ ।
उनको अनुहार डुगिना बसेको भवनको सीसीटीभी क्यामरामा कैद भएको बताइएको छ ।
डुगिनाको हत्यामा भोभ्क नै मुख्य आरोपित रहेको एफएसबीको ठोकुवा छ । उनी जुलाई २३ मा रुस आइपुगेको बताइएको छ । निगरानीबाट बच्नका लागि उनले स्वघोषित डोनत्स्क जनगणतन्त्रको नम्बर प्लेट गाडीमा राखेकी थिइन् ।
मस्कोमा उनले त्यो नम्बर प्लेट पनि बदलेर कजाकास्तानको प्लेट राखेकी थिइन् । शनिवार बम विस्फोट गराएर भोभ्क गाडीमा युक्रेनी प्लेट राखी आइतावर इस्टोनिया पुगेको एफएसबीले बतायो ।
उनले यत्ति धेरै काम गर्दा पनि एफएसबीले किन पत्ता लगाउन सकेन भनी प्रश्न उठिरहेको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :
https://cdnv.russiatoday.com/files/2022.08/6303941120302709997a719a.mp4?download=1