२६ जेठ २०८३, मंगलबार

पाकिस्तानका प्रधानमन्त्री कतार जाँदै

भदौ ७, २०७९
पाकिस्तानका प्रधानमन्त्री कतार जाँदै

पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले कतारको औपचारिक भ्रमण गर्न लागेका छन् । दुई देशको सम्बन्ध सुधार र सहकार्य वृद्धिका लागि उनले भ्रमण गर्न लागेको अधिकारीहरूले जनाएका छन् ।

“कतारबाट अमिर शेख तमिम बिन हमाद अल थानीको निमन्त्रणामा म त्यस तर्फ जान लागेको हुँ, दुई देशको सम्बन्ध र सहकार्यसँगै हाम्रो मित्रता र भाइचारा बढाउन भ्रमण फलदायी हुने आशा गरेको छु,” प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल टि्वटरमा लेखेका छन्।

रणनीतिक र ऐतिहासिक सम्बन्धलाई नवीकरण गर्नका लागि भ्रमणलाई उपयोग गर्ने दुवै पक्षको योजना छ ।

भ्रमणका क्रममा उनले कतारका उच्च राजनीतिक अधिकारी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन् ।

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण टोलीमा पाकिस्तानी मन्त्रिपरिषद्का मुख्य मुख्य सदस्यहरूसँग उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।

 दुई दिने भ्रमण यही अगस्ट २३ र २४ तारिखमा हुने तय भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्