×

NMB BANK
NIC ASIA

‘राधा’ फिल्मको प्रिमियर, उत्साहित सौगात–सृष्टि [फोटोफिचर]

भदौ १०, २०७९

NTC
Premier Steels

शुक्रबारदेखि प्रदर्शनमा आएको सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘राधा’को बिहीबार बेलुका राजधानीमा प्रिमियर शो गरिएको छ । बानेश्वरस्थित आइप्लेक्स मलको ‘वान सिनेमाज’मा गरिएको प्रिमियरमा ‘राधा’ टीमसँगै अन्य चलचित्रकर्मी, सञ्चारकर्मीहरूले चलचित्र हेरेका छन् । 

Muktinath Bank

‘राधा’ हेर्न शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘प्रकाश’को टिम वान सिनेमाज पुगेको थियो । ‘प्रकाश’ अभिनेत्रीद्वय दीया मास्के र रेणु योगीले ‘राधा’ आफूहरूलाई एकदमै मन परेको बताउँदै शुभकामना दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

यता, अर्को शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’का अभिनेता–अभिनेत्री पनि प्रिमियरमा पुगेका थिए । अभिनेत्री पूजा शर्मा र डेब्यू अभिनेता सोनम तोप्देनले ‘राधा’ चलचित्र हेरेका छन् । 

Vianet communication

चलचित्र हेरेपछि पूजाले सृष्टि श्रेष्ठको निकै प्रशंशा गरिन् । अभिनेता विनय श्रेष्ठले चलचित्र हेर्दा आफू इमोशनल भएको प्रतिक्रिया दिए । उनले अग्र्यानिक चलचित्र बनेको बताए । 

अनुप बराल, कुमार नगरकोटी, विप्लव प्रतिकलगायतले समेत चलचित्र हेरेका थिए । अधिकांशले चलचित्रको कथा, प्रस्तुति, अभिनय सबै राम्रो रहेको बताए । सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’मा स्टार कलाकारहरूको भीड छ । 

सृष्टिका साथमा खगेन्द्र लामिछाने, सौगात मल्ल, दिव्य देव, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, सुनिल पोखरेललगायतको चलचित्रमा अभिनय छ । 

प्रिमियरपश्चात सकारात्मक प्रतिक्रियाले एकदमै खुशी रहेको अभिनेत्री सृष्टिले बताइन् । ‘एकदमै खुशी छु । मेरो निर्देशक निर्देशक सुवर्ण दाईलाई एकदमै धन्यवाद भन्न चाहान्छु । कि मेरो लाइफमा राधा लिएर आइदिनुभएकोमा । राधाजस्तो कथा बनाइदिनुभएकोमा’, सृष्टिले भनिन् । उनले ‘राधा’ चलचित्रपश्चात आफूले धेरै कुरा सिकेको समेत बताइन् । 

राधामार्फत अभिनेता सौगातले निर्माणमा समेत हात हालेका छन् । चलचित्रमा उनीसँगै देवकी बिष्ट, विक्रम दास जोशीको समेत लगानी छ । प्रिमियरमा बोल्दै सौगातले आफूलाई मनपर्ने तर नदेखिरहेको विषयवस्तुलाई अगाडि सानुपर्छ भन्ने लागेर ‘राधा’ निर्माण गरेको बताए । 

निर्देशक सुवर्णले ‘राधा’ आफ्नो ७ वर्षदेखिको सोँच रहेको बताउँदै चलचित्र प्रदर्शनलाई लिएर एकदमै उत्साहित रहेको बताए । ‘राधा’ नारीप्रधान चलचित्र हो । एक विवाहित महिलाले घरमा श्रीमान नहुँदा गर्ने संघर्षको कथा चलचित्रले पेश गर्छ ।


तस्वीरहरूः विश्वास खनाल
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x