
श्रीलङ्काका न्यायाधीशमाथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा गत वर्ष जेल परेका एक मुखर राजनीतिज्ञलाई राष्ट्रपतिले माफी दिएपछि शुक्रबार रिहा गरिएको छ ।
सन् २०१७ मा उपमन्त्रीका रूपमा कार्यरत ५९ वर्षीय रञ्जन रामानायकेले पत्रकारहरूसँगको कुराकानीमा अधिकांश न्यायपालिका बेइमान छन् र ‘पैसाका लागि काम गर्छन्’ भनेपछि अदालतको अवहेलना गरेको आरोपमा उनीविरूद्ध मुद्दा परेको थियो ।
सन् २०२१ को जनवरीमा उनलाई अदालतको अवहेलनागरेको अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाइएको थियो तर राष्ट्रपति रानिल विक्रमासिङ्घेले रिहाइका लागि निर्देशनपछि उनी रिहा भएका हुन् ।
रामानायकेले अदालतसँग माफी मागेपछि राष्ट्रपतिले माफी दिएको एक सरकारी अधिकारीले बताएका छन् । राजधानी कोलम्बोस्थित कारागारबाहिर आयोजित पत्रकार सम्मेलनमा रामनायकेले भाे, “म भ्रष्टाचारविरुद्धको अभियान जारी राख्नेछु । ‘म चुनाव लड्न चाहन्छु र जनताका लागि काम गर्न चाहन्छु ।”
रामनायकेले भ्रष्टाचारविरुद्ध बोलेका कारण आफूलाई निशाना बनाइएको दाबी गरेका छन् ।