०९ साउन २०८३, शनिबार

मेयरहरुले डोजर आतंक मच्चाए उपत्यका बस्न लायक हुँदैनः महेश बस्नेत

मेयरहरुले डोजर आतंक मच्चाए उपत्यका बस्न लायक हुँदैनः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्सा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए । उनले केही मानिसले साथ दिए भन्दैमा कानून मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि चेतावनी दिए । उनले आफ्नो निर्वाचन क्षेत्रमा ध्वसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको दाबी गरे । उनले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्ने कुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आग्रह गरे । 

उनले भने, ‘नक्सापास नभएका घरहरु, संरचनाहरूलाई डोजर लगाएर ठोक भनेर काठमाडौं उपत्यकाभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडे भने उपत्यका बस्न लायकको रहँदैन । बस्न नालायक ठाउँ हुन्छ । भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ । मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ । मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस् ।’

नेता बस्नेतले संविधानमा दुईपटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग गरे । उनले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक हुने भन्ने नीति नै निर्माण गरेर जान आह्वान गरे । 

salt training

कमेन्ट गर्नुहोस्