
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको बैठकलगत्तै तीज विशेष कार्यक्रमको शुभारम्भ गरेका छन् । पार्टी कार्यालय च्यासलमा ओलीले शनिबार साँझ हार्मोनियम र गिटार बजाएर तीज विशेष कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
‘पार्टी केन्द्रीय कमिटी बैठकको शानदार सफलतापछि हार्मोनियम र गिटार बजाएर अध्यक्ष कमरेड केपी शर्मा ओलीले तीज कार्यक्रमको शुभारम्भ गर्नुभएको छ’, एमाले नेता सूर्य थापाले फेसबुकमा लेखेका छन् ।
सो क्रममा एमालेका शीर्ष नेतासहित महिला नेतृत्वहरुको सहभागिता रहेको थियो । एमालेको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शनिबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

