१० असार २०८३, बुधबार

नोएडा ‘ट्विन टावर’ ध्वस्त पार्नुअघि विपद् टोली, प्रहरी, यातायातकर्मी तैनाथ

भदौ १२, २०७९
नोएडा ‘ट्विन टावर’ ध्वस्त पार्नुअघि विपद् टोली, प्रहरी, यातायातकर्मी तैनाथ

अवैध रूपमा निर्माण गरिएको भारतको नोएडा ट्विन टावर भत्काउनुअघि विपद् व्यवस्थापन संयन्त्रलाई तैनाथ गरिएको छ ।

अग्लो टावर भत्काउँदा कुनै अप्रिय घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् व्यवस्थापन टीम, प्रहरी, यातायातकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स लगायतलाई तैनाथ राखिएको छ ।

सरकारी कर्मचारी र घरजग्गा व्यवसायीको मिलेमतोमा अवैध टावर बनेपछि अदालतले भत्काउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार आइतवार दिउँसो २ः३० बजे टावर भत्काउन विस्फोट गराइने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्