१६ असार २०८३, मंगलबार

अल्जेरियामा फ्रान्सका राष्ट्रपतिविरुद्ध गरियो नाराबाजी, थाहै नपाए जस्तो गरी हल्लाए हात (भिडियो)

भदौ १२, २०७९
अल्जेरियामा फ्रान्सका राष्ट्रपतिविरुद्ध गरियो नाराबाजी, थाहै नपाए जस्तो गरी हल्लाए हात (भिडियो)

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों अल्जेरियाको राजधानी शहर पुग्दा स्थानीयहरूले उनका विरुद्ध नाराबाजी गरेका छन् । 

शनिवार डिस्को मागरेब बाहिर म्याक्रोंले स्थानीयहरूसँग कुरा गर्न खोज्दा उनीहरूले ‘हाम्रो देश छोडेर जाऊ’ भन्दै नारा लगाएका थिए । 

त्यसका साथै उनीहरूले अल्जेरिया जिन्दाबाद, फ्रान्सले हाम्रो देशलाई खाइरहेको छ लगायतका नारा पनि घन्काएका थिए । 

उनीहरूको यस्तो नकारात्मक कुरा नसुनेको झैं गर्दै म्याक्रोंले उनीहरूतिर हात हल्लाएर अभिवादन गरे । सुरक्षाकर्मीहरूलाई म्याक्रोंको सुरक्षा दिन हम्मेहम्मे परेको थियो । 

म्याक्रोंले निर्धारित कार्यक्रमभन्दा परगएर कारबाट ओर्ली स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट गरेका हुन् । त्यसले सुरक्षाकर्मीहरूलाई अप्ठ्यारो पारेको थियो । 

फ्रान्सले विगतमा अल्जेरियालाई उपनिवेश बनाएको थियो । अल्जेरियाले स्वतन्त्रताका लागि लडाइँ गर्दा ठूलै रक्तपात भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्