१० असार २०८३, बुधबार

अन्तरिक्षमा चीनले अमेरिकालाई पछि पर्न लागेको प्रतिवेदन सार्वजनिक

भदौ १२, २०७९
अन्तरिक्षमा चीनले अमेरिकालाई पछि पर्न लागेको प्रतिवेदन सार्वजनिक

चीनले अमेरिकालाई पछि पार्दै अन्तरिक्षको राजा बन्न लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँग जोडिएको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सन् २०४५ सम्ममा चीन आर्थिक, कूटनीतिक र सैन्य रूपमा प्रभुत्वशाली अन्तरिक्ष शक्ति बन्न लागेको उक्त संस्थाले जनाएको छ । 

स्पेस फोर्स रिसर्च लेबरेटोरीका अधिकारीहरूले तयार पारेको प्रतिवेदनमा चीनले थप विशाल परियोजनामा लगानी गरेमा सन् २०४५ भन्दा अघि नै उक्त लक्ष्य हासिल गर्ने उल्लेख छ । 

‘चीनले अमेरिकासँगको प्रविधि अन्तर तीव्र रूपमा घटाउन खोज्दा अमेरिकाले पनि अन्तरिक्षमा नेतृत्व कायम राख्नका लागि सक्रियता देखाउनुपर्छ,’ प्रतिवेदनमा लेखिएको छ ।

चीनले अन्तरिक्ष कार्यक्रमका लागि अर्बौं डलर खर्च गरिरहेको छ । 

सन् २०३० सम्ममा चीनले अनुसन्धान तथा विकासका लागि अमेरिकाले भन्दा २०० अर्ब डलर बढी खर्च गष्र्ने अपेक्षा छ । 

प्रतिवेदनका अनुसार, अन्तरिक्षमा आर्थिक तथा सैन्य प्रभुत्वका लागि बृहद् रणनीति नै तयार पारेको छ । यसलाई उसले दशकौंका लागि राष्ट्रिय प्राथमिकताका रूपमा राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्