२४ जेठ २०८३, आइतबार

पाकिस्तानमा भयंकर बाढीको प्रकोप (भिडियो)

भदौ १२, २०७९
पाकिस्तानमा भयंकर बाढीको प्रकोप (भिडियो)

पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको कोहिस्तान तहसिलमा भयानक बाढी आएपछि त्यहाँका कतिपय क्षेत्र सम्पर्कविहीन भएका छन् । 

बाढीले त्यहाँ र देशका अन्य भागमा जनधनको क्षति गरेको छ । 

काबुल नदीको जलस्तर बढेर बाढी आएपछि चार्सअड्डा र नौशेराबाट ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको छ । बाढीले ठूलो पुल बगाइदिएको छ र कतिपय जिल्लालाई सडक सञ्जालबाट काटिदिएको छ । 

पाकिस्तानमा बाढीका कारण विगत तीन महिनामा एक हजारजनाको मृत्यु भइसकेको छ । ११९ जना त पछिल्लो २४ घन्टामा मारिएका छन् । 

प्रधानमन्त्री शहबाज शरीफले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि याचना गरेका छन् । 

कान्दिया तहसिलमा लगभग २ हजार घरहरू बाढीमा बगेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्