०१ असार २०८३, सोमबार

आईएईएको टोली जापोरिझझिया आणविक भट्टीको निरीक्षणमा जाने

भदौ १३, २०७९
आईएईएको टोली जापोरिझझिया आणविक भट्टीको निरीक्षणमा जाने

संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था इन्टरनेसनल एटमिक इनर्जी एजेन्सीका प्रमुख राफेल ग्रोसी रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्र जापोरिझझिया आणविक भट्टी निरीक्षणका लागि यसै साता जाने भएका छन् । 

उक्त आणविक भट्टीमा विगत केही दिनयता आक्रमण भइरहेको छ । रुस र युक्रेन दुवैले एकअर्कालाई आक्रमणको दोष लगाइरहेका छन् । 

ग्रोसीले सोमवार एक ट्वीट गर्दै आफूहरू जापोरिझझिया जान लागेको बताए । 

उनको नेतृत्वमा रहेको टोलीले भट्टीमा कुनै भौसतक क्षति पुगे नपुगेको मूल्यांकन गर्नेछ । त्यसका साथै सुरक्षा प्रणाली सञ्चालनमा छ कि छैन, कर्मचारीहरूको अवस्था कस्तो छ र तत्कालै अपनाउनुपर्ने सुरक्षाउपाय के हुन् भन्ने विषयमा पनि मिसनले छानबिन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्