२३ जेठ २०८३, शनिबार

भारत : अम्बेडकरलाई स्वामीले ब्राह्मण भनेपछि हंगामा

भदौ १३, २०७९
भारत : अम्बेडकरलाई स्वामीले ब्राह्मण भनेपछि हंगामा

भारतका संविधान निर्माता भीमराव अम्बेडकरलाई दक्षिणपन्थी नेता सुब्रह्मण्यम स्वामीले ब्राह्मण भनेपछि दलित तथा जनजाति वर्गका मानिसले विरोध गरेका छन् ।

द प्रिन्ट अनलाइन पत्रिकामा छापिएको के कल्याणीको एक लेखलाई सन्दर्भ बनाउँदै विवादास्पद छविका स्वामीले अम्बेडकर ब्राह्मण भएको ठोकुवा गरेका हुन् । तर त्यस लेखमा अम्बेडकरलाई नायर भनिने दक्षिण भारतका कथित उच्च जातिको वस्त्र मुन्डु लगाउन दिइएको विषयमा आलोचना भएको चर्चा छ । 

त्यसको गुदी कुरामा नपसेर स्वामीले अम्बेडकरको सवर्ण मुन्डु वस्त्रसहितको तस्वीर हेरेको भरमा उनी ब्राह्मण भएको बताए । ज्ञानी, त्यागी र साहसी व्यक्ति ब्राह्मण हुने बताउँदै बाबासाहेब अम्बेडकर पनि ब्राह्मण भएको उनले ट्वीट गरे । 

उनको यस ट्वीटमा आपत्ति जनाउँदै दलित अभियन्ताहरूले उनलाई माफी माग्न भनेका छन् । ट्विटरमा ह्याशट्याग माफी मागो स्वामी ट्रेन्डिङमा छ । 

अम्बेडकरले आफूलाई दलितका रूपमा चिनाउने गर्थे र हिन्दू धर्म परित्याग गरी बौद्ध धर्म अपनाएका थिए । भारतका दलित अभियन्ताहरू उनलाई आफ्नो आदर्श पात्र मान्छन् । 

दलित चिन्तक दिलीप मण्डलले ट्वीट गरी बाबा साहबलाई ब्राह्मण भनी उहाँको वैचारिक विरासत र तमाम रचनलाई स्वामीले अपमान गरेको आरोप लगाए । स्वामीलाई छोड्न नहुने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्