
नेपाली कांग्रेसको शीर्ष नेतृत्व र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता तय भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतमा कांग्रेसका उच्च तहका पदाधिकारीको नेतृत्व गरेर राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।
दिउँसो २ बजे भेटवार्ताको लागि समय तय भएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । कांग्रेस नेतृत्वले राष्ट्रपतिसँग भेटका लागि समय लिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
कांग्रेस नेृतत्व र राष्ट्रपतिबीचको भेटको एजेण्डाबारे भने खुलाइएको छैन ।
कांग्रेस सभापति, उपसभापति र महामन्त्रीलगायतको टोली राष्ट्रपतिलाई भेट्न शितल निवास जान लागेको छ ।