२५ जेठ २०८३, सोमबार

टुबोर्ग आर्थर गन होमकमिङ टुरको जारी, शुक्रवार प्रिभे नेपाल, काठमाडौंमा प्रस्तुति दिने

टुबोर्ग आर्थर गन होमकमिङ टुरको जारी, शुक्रवार प्रिभे नेपाल, काठमाडौंमा प्रस्तुति दिने

आर्थर गन नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको क्लब प्लाटिनम काठमाडौं, लाइम एन लेमन लाउन्ज चितवन र रोलिङ स्टोन्स पोखराको व्यापक सफलतापछि गत बुधवार पनि लर्ड बुटवलमा उक्त टुरलाई भरपुर दर्शकहरू माझ जारी राखेका छन् । उक्त कार्यक्रममा ‘उनले के पीर पर्‍यो तिमीलाई ?’  गीतबाट शुरु गरेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरूले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरूले आर्थरका नेपाली र अंग्रजी गीतहरूको मजा लिए ।

आफ्नो टुरको उद्घाटनमा काठमाडौं, चितवन, बुटवल र पोखराका दर्शकहरूको अपार माया र समर्थन पाएपछि आर्थरले धरान, विर्तामोड र कीर्तिपुरजस्ता नेपालका बाँकी शहरहरूमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल १८औँ सिजन’ को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्राय दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभलको ह्याब् यु एभर सिन द रेन नामक गीतहरू गाएका थिए । उनको प्रस्तुतिलाई सबै निर्णायकहरूद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटि पेरीले उनलाई ‘हि ईज द बेस्ट’ भनी प्रशंसा पनि गरेकी थिइन् ।

उनी उक्त शोको १८औँ सिजनको उपविजेता रहे । उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरू र कलाकारहरूले समस्त कार्यक्रम भरि प्रशंसा गरेका थिए ।

टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको छ र टुबोर्गले नेपालमा आफ्नो शुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागी समर्थन गर्दै आएको छ । त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैँ समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्ब महसुुस गरेका छौँ किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरूलाई गौरवान्वित बनाएका छन् ।’

आर्थर गनले शुक्रवार प्रिभे नेपाल, काठमाडौंमा प्रस्तुति दिनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्