२५ जेठ २०८३, सोमबार

म्यान्मार : आङ सान सू चीलाई थप ३ वर्षको कैद सजाय

भदौ १७, २०७९
म्यान्मार : आङ सान सू चीलाई थप ३ वर्षको कैद सजाय

म्यान्मारको सेनाको नियन्त्रणमा रहेको एक अदालतले निर्वाचित नेत्री आङ सान सू चीलाई थप तीन वर्षको कैद सजाय सुनाएको छ । 

सन् २०२० मा भएको निर्वाचनमा धाँधली गरेको आरोपमा उनलाई कैद सजाय दिइएको हो । 

शुक्रवार दिइएको यस सजायपछि सू चीलाई अहिलेसम्म कुल २० वर्षको कैद सजाय सुनाइएको छ । अन्य अभियोगहरूमा उनलाई १७ वर्षको सजाय यसअघि नै दिइसकिएको छ । 

राष्ट्रपति यु विन मीन्ट र सू ची सरकारका मन्त्री यु मिन थुलाई तीन वर्षको सश्रम कैद सजाय दिइएको छ । उनीहरूलाई पनि निर्वाचनमा धाँधली गरेको आरोप थियो । 

सू चीको नेसनल लीग फर डेमोक्रेसी पार्टीले सन् २०२० मा प्रचण्ड बहुमतका साथ निर्वाचन जितेको थियो । तर सेनाले सन् २०२१ को फेब्रुअरीमा कू गरेर सत्ता हातमा लियो । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै उसले कू गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्