
अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई चार वर्षभित्र २.९ अर्ब डलर दिनका लागि आरम्भिक सहमति गरेको छ ।
चरम आर्थिक संकटमा परेको श्रीलंकाको अर्थतन्त्र पुनरुत्थानका लागि यो ऋण दिन लागिएको हो ।
कोषले जारी गरेको बयानअनुसार, श्रीलंका आर्थिक सुधारका लागि गम्भीर छ भन्ने कुरा विदेशी ऋणदाताहरूलाई देखाउन कोषको कार्यक्रमले सहायता गर्नेछ ।
श्रीलंकालाई दिन लागिएको प्याकेज कोषको व्यवस्थापन तथा कार्यकारी बोर्डबाट स्वीकृत हुन बाँकी छ । अनि चीन, भारत र जापान जस्ता श्रीलंकाका ऋणदाताले पनि यसमा सहमति जनाउन बाँकी छ ।