०५ असार २०८३, शुक्रबार

युरोपमा नेपालीको भेला, नेपालमा लगानी गर्ने वातावरण बनेको निष्कर्ष

कात्तिक २०, २०७४
युरोपमा नेपालीको भेला, नेपालमा लगानी गर्ने वातावरण बनेको निष्कर्ष

जर्मनी,१६ साउन– गैरआवसीय नेपाली संघकोे दशौं युरोपेली बैठक तथा आठांै महिला भेला १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । युरोपेली बैठकले एघारौं युरोपेली बैठक लक्जम्बर्गमा गर्ने निर्णय समेत गरेको छ ।

जर्मनीको फ्रयाङ्गफुटमा शनिवार र आइतबार भएको दुई दिने भेलामा समृद्ध नेपाल, पर्यटन प्रवद्र्धन, विकाश तथा नया“ युवा पुस्तामा नेपाली भाषा साहित्यको विषयमा छलफल भयो । गैरआवासीय नेपाली ‘युरोपमा नेपाली एकता, समृद्ध नेपालको आवश्यकता’ मूल नाराका साथ सुरु भएको भेलाले एनआरएनएमा नया“ पुस्ताको प्रवेश तथा गैरआवसीय नेपालीहरुलाई यथासिघ्र नागरिता प्रदान गर्नका लागि मार्ग प्रशस्त गर्न नेपाल सरकारसँग माग पनि गरेको छ ।

एनआरएनका अध्यक्ष शेष घलेले नेपाली राजनीतिले आफ्नो ट्र्याक लिएकाले अबको दिनहरुमा विदेशमा बस्ने नेपालीहरुले आफूले सिकेको सिप र ज्ञान दक्षता समृद्ध नेपाल बनाउन हामी नेपालीले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा जिवा लामिछाने अध्यक्ष रहेको लगानी सम्बन्धी छलफलमा नेपालीहरुले नेपालमा गर्न सक्ने लगानी, संयुक्त लगानीमा एउटा लघुवित्त कम्पनी सुरु गर्न लागेकोमा एक दर्जन नेपालीहरुले आफुरु पनि सो परियोजनाको हिस्सेदार बनेर लगानी गर्ने प्रतिबद्धता समेत ब्यत्त गरे ।

एनआरएनए स्पेनका अध्यक्ष एवम् पर्यटन दूत चिन्तामणी सापकोटाले नेपालको समृद्धि तथा आर्थिक विकासमा ठोस कार्ययोजना कार्यन्वयन गदै नेपाललमा लगानी भित्र्याउनका लागि नेपालबाट विमानको सिधा हवाइ उडानका लागि पहल गनुपर्ने माग समेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्