१४ असार २०८३, आइतबार

फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित

फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा लिडरसिप कन्क्लेभ-पेमेन्ट्स् इनोभेशन फर डिजिटल नेपाल कार्यक्रममा फोनपेलाई सम्मान गरिएको हो । 

यस कार्यक्रममा सहजीकरण भिसाका लागि नेपाल प्रमुखले गरेका थिए । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिति रहेको थियो । कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिने अन्य कम्पनीहरूलाई पनि सम्मान गरिएको थियो । 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ । 

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ७ लाखभन्दा बढी मर्चेन्ट रहेका छन् । १ करोड ४० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्