
मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नयाँ कृति ‘बाआमा’ लोकार्पण गरिएको छ ।
शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा एक कार्यक्रमकाबीच ‘बाआमा’ लोकार्पण गरिएको हो । बुकहिल प्रकाशक रहेको कृति ‘बाआमा’लाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, अभिनेता राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र सगुना शाहले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
रामलाल ‘ऐना’ कथा संग्रहका लागि मदन पुरस्कार विजेता लेखक हुन् । ‘बाआमा’ रामलालको चौथो कृति हो ।