२५ जेठ २०८३, सोमबार

श्रीलङ्काका पूर्व अर्थमन्त्रीलाई विदेश भ्रमणको अनुमति

भदौ १७, २०७९
श्रीलङ्काका पूर्व अर्थमन्त्रीलाई विदेश भ्रमणको अनुमति

श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सर्वोच्च अदालतले सन् २०२३ को जनवरी १५ सम्मका लागि विदेश भ्रमणका लागि अनुमति दिएको छ । राजापाक्षका वकिलले राजापाक्षलाई उपचारका लागि संयुक्त राज्य अमेरिका जान अनुमति दिन अपिल गरेपछि सर्वोच्च अदालतले राजापाक्षलाई अर्को वर्षको जनवरीसम्म विदेश यात्राका लागि अनुमति दिएको हो ।

यस पहिले, सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सेप्टेम्बर ५ सम्म देश छाड्न नदिन अन्तरिम आदेश जारी गरेको थियो । वर्तमान सरकारले जारी आर्थिक सङ्कटका लागि जिम्मेवार सबै व्यक्तिहरूविरुद्ध अनुसन्धान सुरु गर्न आदेश दिन माग गर्दै दुई वटा मौलिक हकका लागि निवेदन दायर भएपछि यो आदेश दिइएको हो ।

विदेशी मुद्राको अभावका कारण इन्धन, औषधि र खाद्य वस्तुजस्ता अत्यावश्यक सामग्रीको अपर्याप्त आपूर्तिका कारण श्रीलङ्काले अहिले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्