०५ असार २०८३, शुक्रबार

उत्तर कोरियासँग युद्ध : पहिलो दिन नै ६४ हजार मानिस मारिन सक्छन्

कात्तिक २०, २०७४
उत्तर कोरियासँग युद्ध : पहिलो दिन नै ६४ हजार मानिस मारिन सक्छन्


काठमाडौं, १६ साउन– कोरियाली प्रायद्वीपले यसअघि पनि युद्ध झेलिसकेको छ । सन् १९५० मा उत्तर कोरियाका वर्तमान नेता किम जोङ उनका हजुरबुवा किम इल सुङले दक्षिण कोरियामाथि हमला गर्ने निर्णय गरेका थिए ।

अमेरिकाले यस मामलामा मध्यस्थता गर्ने प्रयास गरेको थियो ता कि युद्ध रोक्न सकियोस् । तनाव तीन वर्षसम्म जारी रहृयो र दुवै तर्फ ठूलो जन धनको क्षति भयो ।

६ दशकपछि अहिले यस प्रायद्वीपमा फेरि एक पटक अलग प्रकारको तनाव देखिएको छ । आफ्नो परमाणु परीक्षणबाट किम जोङ उनले अन्तराष्ट्रिय समुदायलाई चुनौती दिइरहेका छन् ।

यसै महिनाको सुरुवातमा उत्तर कोरियाले अनतरद्वीपीय क्षेप्यास्त्रको सफल परीक्षण ग¥यो र दाबी ग¥यो कि क्षेप्यास्त्रले अमेरिकाको अलास्कासम्म हमला गर्न सक्छ ।

तत्कालै अमेरिकी बिदेशमन्त्रीले यसबारेमा बिज्ञप्ति जारी गरी परीक्षणको भत्र्सना गर्दै भने, ‘यस क्षेप्यास्त्र परीक्षण पछि अमेरिका, हाम्रा सहयोगी र संसारका लागि खतरा थपिएको छ ।’

केहि बिशेषज्ञहरुको मान्यता यो छ कि तीन वर्ष्भित्र उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र बनाउनेछ जसले लस एञ्जलस शहरसम्म आक्रमण गर्न सक्षम हुनेछ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चेतावनी दिएका छन् कि तनाव जारी रहँदा उत्तर कोरियासँग एक ठूलो ‘संघर्ष’को सम्भावना छ ।

यदि यस प्रायद्वीपमा जारी तनाव बढिराख्यो भने के होला ? खासगरी विश्वका ठूला परमाणु शक्तिहरुको ध्यान पनि यसै प्रायद्वीपमा छ ।

उत्तर कोरियाको पहिलो युद्ध

सन १९५० मा कोरिया युद्ध सुरु भएको थियो । त्यस समयमा अहिलेका महाशक्ति अमेरिका र सोभियत संघ, दोस्रो विश्वयुद्धपछि आफ्नै मुलुकको पुनर्गठनमा लागेका थिए ।

प्रायद्वीपको उत्तरी क्षेत्रमा सोभियत संघले कब्जा गरिराखेको थियो भने अमेरिकाले दक्षिणी क्षेत्रमा सैन्य सहयोग गरिरहेको थियो ।

जुन २५ मा सोभियत संघ र चीनको समर्थन लिएर उत्तर कोरियाले दक्षिणमाथि धावा बोल्यो । अमेरिकाले ‘कम्युनिष्ट’को हमलालाई सामना गर्न दक्षिण कोरियामा सेना पठायो ।

अमेरिकाको सहयोगमा दक्षिण कोरियाको राजधानी सियोल दुई महिनाभित्रै स्वतन्त्र पनि गराइएको थियो । तर, प्रायद्वीपलाई एउटै बनाउनका लागि आफ्नो सेना उत्तर पठाउने अमेरिकाको निर्णयमा चीनले कडा बिरोध र्गयो ।

सबै पक्ष एटम बम र परमाणु बमका कुरा गर्न थाले । तुरुन्तै कोरिया प्रायद्वीपलाई एक गर्नका लागि तेस्रो विश्वयुद्धसम्मका कुराहरु हुन थाले ।

तीन वर्षपछि तनाव केही शान्त भयो, तर कुनै शान्ति सम्झौता भएन ।

अमेरिकी जाँच एजेन्सी सीआईएमा कोरियाली मामलाकी जानकार सू टेरी भन्छिन्, ‘लाखौं कोरियाली नागरिक मारिए, करीव एक लाख बच्चा अनाथ भए भने करोडौं मानिस बिस्थापित हुन पुगे ।’

उनी भन्छिन्, ‘प्योङयाङ पूरै ध्वस्त भएको थियो, त्यहाँ एउटै भवन पनि थिएन जो सग्लो होस् ।’



फेरि युद्ध भयो भने ?


२७ जुलाई १९५३ मा दुवै पक्ष अस्थायी रुपमा युद्धबिरामको सहमतिमा हस्ताक्षर गर्न सहमत भए । तर भनिन्छ कि ६४ वर्षपछि पनि दुवै मुलुकबीच जहिले पनि युद्ध हुनसक्ने अवस्था छ ।

यस इलाकामा शत्रुता बढिरहेको छ । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बैमनश्यता बढिरहेको छ । कुनै पक्षले सचेतता नअपनाउने हो भने कुनैपनि बेला युद्ध हुनसक्छ ।

यूनिभर्सिटि अफ जर्जटाउनमा सेन्तर फर सिक्योरिटी स्टडिजमा विश्लेषक तथा अमेरिकी सेनाका कर्नेल रहेका डेविड म्यासवेल भन्छन्,‘दुवै देशका वीच विद्यमान विसैन्यीकृत इलाका आज विश्वको सवैभन्दा धेरै हतियारले भरिएको क्षेत्र हो ।’

उनी भन्छन्, उत्तर कोरियाको सेनामा ११ लाख कर्मचारी छन् र यसमा ७० प्रतिशत राजधानी तथा यो डिमिलिटराइज्ड क्षेत्रको बीचमा खटिएका हुन्छन् ।

जाकारहरुका अनुसार उत्तर कोरियामा ६० लाख सेना छन् जसको प्रयोग आवश्यकता पर्दा गर्न सकिन्छ ।
डेविड भन्छन्,‘मलाई लाग्छ यो विश्वको चौथो सवैभन्दा ठूलो सेना हो ।’

डेविडका अनुसार उत्तर कोरियाले हालसालै गरेको परमाणु परिक्षण तथा मिसाइल लञ्चले अमेरिकामा हमलाको संभावना बढेको छ ।

‘यदि किम जोन उनले हमला गर्न चाहे भने उत्तर कोरियाका कमाण्डर आगो वर्साउन आदेश दिन सक्छन् र दक्षिण कोरियामा ठूलो क्षती हुन सक्छ ।’

जानकारहरुका अनुसार पहिलो केहि घण्टामा सयौंको संख्यामा क्षेप्यास्त्र छोडिन सक्छ र त्यसो हो भने सियोल पूरै ध्वस्त हुनसक्छ ।

केहि मिनेटमै मिसाइल उत्तर कोरियाबाट सियोल पुग्छ र त्यहाँ रहेका साढे दुई करोड मानिसलाई तत्काल सुरक्षित स्थानमा सार्न पनि असम्भव छ ।

युनिभर्सिटी अफ जर्ज टाउनमा सेन्टर फर सेक्योरिटी स्टडिजका विश्लेषक तथा अमेरिकी सेनाका कर्नेल भइसकेका डेभिड म्याक्सवेल भन्छन्, ‘अनुमानकै कुरा गरौं न, युद्ध भइहाल्यो भने पहिलो दिन नै ६४ हजारसम्म मानिस मारिन सक्छन् जुन प्रकारको हानी हुन्छ, त्यसको हामी कल्पनै गर्न सक्दैनौं ।’

सन् १९५० को जस्तै उत्तर कोरिया चाहन्छ कि उ आफ्नो सेनालाई दक्षिणतर्फ पठाएर दक्षिण कोरियाको साथ सम्झौता गर्ने र कोरियाली प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा राख्ने ।

त्यतिबेला उत्तर चाहँदैनथ्यो कि अमेरिका दक्षिणको सहयोगका लागि आओस् । तर, अहिले समीकरण यस्तो बनेको छ कि दक्षिणलाई अलिकति केही भएको अमेरिका हेरेर बस्नै सक्दैन ।

अमेरिकाले कसरी गर्ने छ हस्तक्षेप ?

एंजेलो स्टेट युनिभर्सिटीमा डिपार्टमेन्ट अफ स्टडिज सेक्योरिटी एण्ड क्रिमिनल जस्टिसका प्रोफेसर ब्रुस बेच्टोल भन्छन्, ‘अमेरिका दक्षिण कोरियालाई उत्तरको कव्जामा कहिल्यै जान दिँदैन ।’

पेन्टागनमा उत्तरपूर्वी एशिया मामलाका जानकार बेच्टोल भन्छन्, ‘युद्ध भयो भने पहिलो साता हाम्रा पाइलटहरुका लागि धेरै काम हुन्छ । हाम्रो पहिलो प्रयास यो हुन्छ कि हवाई क्षमताको पूर्ण प्रयोग गरी उत्तर कोरियालाई अगाडि बढ्नबाट रोक्नु र सँगसँगै धेरैभन्दा धेरै हतियारको खेप ओसार्नु । तर जसैजसै उत्तर कोरिया अमेरिका सेनाको दबावमा आउँछ, युद्ध अझै कडा हुनसक्छ र यो परमाणु युद्धमा परिणत हुनसक्छ ।

बेच्टोल भन्छन्,जब किम जोन उन र उनका ५ हजार करिब सहयोगी यस कुरा थाहा हुन्छ कि उनीसँग देश छोडेर जानृ समय नै हुने छैन, जसका कारण उनीसँग परमाणु हतियारको पमाणु हतियारको प्रयोग गर्ने र हजारौं लाखौं अमेरिकीलाई मार्ने कुनै कारण नहुन सक्छ ।’

उनी भन्छन्,‘यस अवस्थामा कोइ पनि त्यस प्रकारका मिसाइल प्रयाग गर्ने छ जो हालमा उत्तर कोरियाले टेस्ट गरेको छ ।’


यस युद्धमा परमाणु हतियार वाइल्ड कार्डजस्तो हुन्छ । तर यदि यसको प्रयोग भएन नै भने पनि यस क्षेत्रमा पारम्परिक युद्ध हुँदा अनुमान नै गर्न नसकिने क्षति हुनेछ ।

उनी थप्छन्, ‘अन्दाज गर्नुपर्दा युद्धको पहिलो सातामा तीनदेखि चार लाख मानिसको मृत्यु हुनसक्छ । या बीस लाखभन्दा बढीको ।’

तर युद्ध यत्तिमै समाप्त हुनेछैन । अगाडिका युद्धहरुजस्तै यसपटक उत्तर कोरियाको सरकारलाई सत्तामा रहन दिँइदैन र यस युद्धले जबर्जस्ती रुपमा कोरियाली प्रायद्वीप एक बनाउने प्रयास हुनेछ ।

परिवर्तनको समय

जर्जटाउन विश्वविद्यालयमा एशियाको राजनीतिक तथा आर्थिक मामलामा प्राध्यापक बाल्बीना ह्वांग भन्छिन्,‘तर यस युद्धको सवैभन्दा भयानक समय हुनेछ वदलावको समय ।’

‘हामीलाई थाहा छैन कि एक्लो दक्षिाण कोरिया यस परिस्थितिको सामना गर्न सक्छ या सक्दैन ।’ बाल्बीना अमेरिकी विदेश विभागमा युद्धपछिको परिस्थितिको विश्लेषणमाथि काम गरिसकेकी छिन् ।

उनी भन्छिन्,‘ हामी यहाँ ६ देखि ७ करोड मानिसको कुरा गरिरहेका छौं । सियाल तथा अन्य शहरमा साढे दुई करोड मानिस बस्छन् । मानिस हिंसासँग बचेर भाग्ने प्रयाश गर्नेछन् र यस्तोमा तपाई दुई करोड मानिसको पनि केन्द्रमा राखिएको हुन्छ जो उत्तर कोरियाबाट भागेर स्वतन्त्र हुनका लागि दक्षिण कोरिया तर्फ आउन सक्छन् ।’
१९५० को युद्ध पछि उत्तर तथा दक्षिण कोरिया फेरि आफ्नो खुट्टामा उभिने प्रयासमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्