
छाडा गाईगोरुको समस्या पछिल्ला केही वर्षयता बढ्दै गएको छ । दूध दिन छाडेपछि गाईलाई घरबाट धपाउने प्रचलतले छाडाको संख्या बढ्दै गएको छ ।
छाडा गाईगोरुको समस्या बढ्दै गए पनि स्थानीय सरकारले रोकथाम र समाधान गर्न सकेका छैनन् । तर भारतको उत्तर प्रदेशको भदोही जिल्लास्थित रमईपुर गाउँका प्रधान महेन्द्रकुमार सिंहले चमत्कार गरेर देखाएका छन् ।
उनी प्रधान हुनुअघि छाडा गाईगोरुको अवस्था बेहाल थियो । उनी आएपछि गाईगोरुको स्वास्थ्यमा सुधार आएको छ । उनले व्यक्तिगत रकम खर्च गरेर गाईगोरु व्यवस्थापन गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२१ मा उनी प्रधान निर्वाचित हुँदा ६७ बिरामी गाई गौशालामा थिए । उनले गाईगोरुको नियमित स्वास्थ्य जाँच, उपचार र आहारा व्यवस्थापन गरेर सुधार ल्याएका छन् । गौशालामा अहिले १७५ गाई छन् ।
गाई स्वस्थ भएपछि अहिले गाउँलेले गौशालाबाट गाई लगेर पाल्न थालेका छन् । गाउँलेले ३५ गाई लगिसकेका छन् । गाईलाई स्वस्थ र उत्पादक बनाएपछि स्थानीय स्तरमा छाडा गाईगोरुको समस्या हट्दै गएको छ ।