०३ साउन २०८३, आइतबार

राजीनामा दिएर मुख्य न्यायधिवक्ता झा जसपामा प्रवेश

राजीनामा दिएर मुख्य न्यायधिवक्ता झा जसपामा प्रवेश

मधेश प्रदेशका मुख्य न्यायधिवक्ता दीपेन्द्र झा सो पदबाट राजीनामा दिएर औपचारिक रुपमा जसपामा प्रवेश गरेका छन् । महोत्तरीको जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा झा पार्टी प्रवेश गरेका हुन् । 
पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुले झा सहितका कार्यकर्तालाई माला लगाएर शनिबार पार्टी प्रवेश गराएका हुन् । 

सक्रिय राजनीतिमा लाग्ने मनसायका साथ न्यायधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका झाले जनता समाजवादी पार्टी, नेपालबाट राजनीतिलाई अगाडि बढाउन चाहनु मधेश र मधेशी समुदायका लागि मात्र नभइ नेपाली राजनीतिको लागि समेत सुखद संकेत भएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए । 
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा. सुरेन्द्र यादव, केन्द्रीय नेताहरु, प्रदेश तथा स्थानीय तहका नेताकार्यकर्ताहरुको उपस्थिति थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्