०४ असार २०८३, बिहीबार

मोवाइल बैंकिङको फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ २’ अफर

मोवाइल बैंकिङको फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ २’ अफर

नेपाल क्लियरीङ्ग हाउस लिमिटेडले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोवाइल बैंकिङ्गबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ २’ अफर सार्वजनिक गरेको छ । 

सो अफर अन्तर्गत हरेक हप्ता मोवाइल बैकिङ्गको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुमध्ये १०२ जनाले रु. १०२ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

भाद्र १९ गते देखि शुरू भएको सो अफर आगामी असोज २९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

आइतवारदेखि शनिवारसम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु छानिने छन् । 

साथै अफरबारे हरेक जानकारी हरेक हप्ताको अन्त्य पछी www.connectips.com मा प्रकाशन गरिने कम्पनीको भनाइ छ । 

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ ।

मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम भएको समेत कम्पनीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्