
काठमाडौं, १६ साउन — भारतीय सेनामा गोर्खा रेजिमेन्टको छुट्टै शान छ । स्वतन्त्र भारतका पहिला फील्ड मार्शल साम मनेकशाले भनेका थिए, ‘कोही मान्छेले मर्न डर लाग्दैन भन्यो भने कि त ऊ झुट बोलिरहेको छ कि त ऊ गोर्खा हो ।’

गोर्खा सिपाहीहरू नेपाल र भारतका पहाडी क्षेत्रका बासिन्दा हुन्छन् र उनीहरूलाई खतरनाक सैनिकका बन्ने तालिम दिइन्छ ।
सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल–अंग्रेज युद्धमा सर डेभिड अक्टरलोनी गोर्खा रेजिमेन्टबाट अत्यधिक प्रभावित भई यस्तै गुण भएका सैनिकको रेजिमेन्ट बनाउन उत्सुक भए । यो रेजिमेन्टलाई पछि फर्स्ट किङ जर्ज्स ओन गुर्खा राइफल्स भनियो ।

गोर्खा सिपाहीहरू साहस र निडरताका लागि प्रसिद्ध छन् । उनीहरू शत्रुको मुटुमा त्रास उत्पन्न गर्न माहिर छन् र उनीहरूको हतियार पनि अद्वितीय छ ।
हो, खुकुरी सबै गोर्खा राइफल जवानले भिर्छन् । उनीहरूको ब्याजमा अनि पोशाकमा पनि खुकुरीको निशान खिपिएको छ ।
अहिले भारतीय सेनामा ४० हजारभन्दा बढी गोर्खा सिपाही छन् । सात रेजिमेन्टका ४२ विभिन्न बटालियनमा तिनीहरू विभक्त छन् ।

उनीहरूले भारतीय सेनाका सर्वोच्च सम्मानहरू ११ वीर चक्र, दुई महावीर चक्र, तीन अशोक चक्र र एक परम वीर चक्र प्राप्त गरिसकेका छन् ।
उनीहरू किन फरक तरिकाले टोपी लगाउँछन् त ?
एक व्याख्या अनुसार टोपीको फित्ता घाँटीको साटो तल्लो ओठमुनि बाँध्दा शत्रुले पछाडिबाट सुत्त आएर फित्ता तानेर घाँटी ङ्याक्ने अवसर पाउँदैन ।
अर्को एक रमाइलो व्याख्या के पनि छ भने पहाडी गोर्खाहरू गफाडी हुन्छन् र उनीहरूको तल्लो ओठमुनि फित्ता बाँध्दा त्यसले धेर नबोलिकन कर्तव्य निर्वाह गर्ने कुरा सम्झाइरहन्छ ।
तर अन्य देशका सैनिक बटालियनले पनि यसरी नै फित्ता बाँधेको भेटिन्छ । यो तस्वीरमा उत्तर कोरियाली सैनिकहरूले पनि यसै गरेको पाइन्छ । 
अनि बेलायती रानीका सैनिकहरूले पनि घाँटीको साटो तल्लो ओठमुनि फित्ता बाँधेको भेटिन्छ । यो अद्वितीय कुरा चाहिँ हैन रहेछ ।

एजेन्सी