
नेपाली कांग्रेस गुल्मीले प्रतिनिधि सभाका लागि दुवै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ मा प्रभावशाली नेता चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस गरेको छ ।
भण्डारीसहित पूर्वमहासमिति सदस्य भरत बस्नेत, क्षेत्रीय सभापति पारिश्वर ढकाल र महाधिवेशन प्रतिनिधि पृथबहादुर फौदारलाई सिफारिस गरिएको कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्काले लोकान्तरलाई जानकारी दिए । त्यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य चन्द्रबहादुर केसीसहित तीन जना नेता प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् ।
महासमिति सदस्य डा. दामोदर भुसाल र पूर्व महाधिवेशन प्रतिनिधि त्रैलोक्य प्रताप सेना सिफारिस भएको खड्काले बताए । त्यस्तै एमालेले क्षेत्र नम्बर १ मा उपमहासचिव प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ मा सचिव गोकर्ण विष्टलाई अगाडि सार्ने तयारीमा गरेको छ ।