२६ जेठ २०८३, मंगलबार

बोसको तालिम र सम्मान कार्यक्रम सम्पन्न

बोसको तालिम र सम्मान कार्यक्रम सम्पन्न

नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रियस्तरको तालिम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमबीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डष्ट्रिजमा भएका सेल्स एन्ड सर्भिस प्राक्टिसमा आधारित तालिम प्रदान गरे । 

त्यसैगरी उनले फिल्ड च्याम्पियनहरूलाई अझै व्यावसायिक तरिकाले नेपाली ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ फिट फर फ्युचर क्याम्पेनसमेत लन्च गरे । 

बजारमा भएको कठीन अवस्थाको बाबजुद आर्थिक वर्ष २०७८÷७९ मा अटो पार्ट्स उद्योगका रिटेलर र वर्कशपहरूलाई सहयोग गर्ने व्यक्तिलाई अप स्किलिङ प्रोग्रामबीच सत्यदीप ग्रुपले सम्मान गरेको छ । 

सत्यदीप ग्रुपसँग आबद्ध २५ भन्दा बढी व्यक्तिहरू सो तालिममा सहभागी भएका थिए । 
नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक विभिन्न ब्रान्डका जेन्युइन पार्ट्स उपलब्ध गराउँदै आइरहेको सत्यदीप ग्रुपले समय–समयमा यस्ता कार्यक्रम गर्दै आएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्