
बाग्मती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम)को अवसरमा भदौ २२ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी उक्त जानकारी गराएको हो ।
'बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/०९ को निर्णयानुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा मिति २०७९ भदौ २२ गते बुधवारको दिन बागमती प्रदेशका ३ जिल्ला चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस्, सूचना :
