२९ जेठ २०८३, शुक्रबार

संघीयतामा सरकारी तवरबाटै निजी क्षेत्रको मान मर्दन

संघीयतामा सरकारी तवरबाटै निजी क्षेत्रको मान मर्दन
फाइल तस्वीर

मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईंले निजी क्षेत्रले संघीयता प्रत्याभूत गर्न नसकेको बताएका छन् । सोमवार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै चौलागाईंले यस्तो बताएका हुन् । 

उनले संघीयता आइसकेपछि पनि अझै लगानीमैत्री वातावरण बन्न नसकेको गुनासो गरे । चौलागाईंले उद्योग दर्ता र नवीकरणका लागि काठमाडौं जानुपर्ने बाध्यता अझै कायम रहेको उल्लेख गर्दै निजी क्षेत्रका लागि संघीयता आउन नसकेको बताए । 

‘निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न पाएका छैनौँ । आज पनि लगानीमैत्री वातावरण देशमा छैन । यो प्रदेश सरकार आएपछि औद्योगिक क्षेत्रमा क्रान्ति होला भनेको त्यो देखिएन । उद्योग दर्ता र नवीकरणका लागि काठमाडौं जानुपर्छ भनेपछि कहाँनेर आयो संघीयता ? हामीले अहिलेसम्म कतिवटा उद्योग चलाउन सक्यौँ र चलाउने वातावरण कति बनायौँ ? त्यसको मूल्यांकन हुनुपर्छ । उद्योग मन्त्रालयमा सबैभन्दा कम छ । नापतौल कार्यालय प्रदेशमा नआउँदा नापतौलका लागि ढक, तराजु बोकेर वीरगञ्ज कार्यालय धाउनुपर्छ ।’

त्यस्तै, व्यवसायी बद्रिनाथ शर्माले संघीयताले निजी क्षेत्रको मानमर्दन गर्ने काम गरेको आरोप लगाए । उनले तीन तहको सरकारले उद्योगी व्यवसायीहरूलाई औद्योगिक क्षेत्रमा जथाभावी भाडा बढाएर आतंकितसमेत बनाएको बताए ।  ‘निजी क्षेत्र नभई राष्ट्रिय अर्थतन्त्र चल्दैन । अहिले जसले उद्योग चलाउने इच्छा देखाउँछ उसले उद्योग स्थापना गर्न पाउँदैन । औधोगिक क्षेत्रमा जथाभावी व्यवसायीहरुलाई भाडा बढाउने काम गरिएको छ । यसरी निजी क्षेत्रलाई आतंकित बनाउने र मानमर्दन गर्ने काम गरेको छ’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्