३१ असार २०८३, बुधबार

बेलायतमा लिज ट्रस कि ऋषि सुनक बन्दैछन् प्रधानमन्त्री ?

भदौ २०, २०७९
बेलायतमा लिज ट्रस कि ऋषि सुनक बन्दैछन् प्रधानमन्त्री ?

संयुक्त अधिराज्य बेलायतमा नयाँ प्रधानमन्त्रीको खुलासा सोमवार हुन लागेको छ । 

लन्डनको समयअनुसार साढे १२ बजे (नेपाली समय सबा ५) मा बोरिस जोनसनको उत्तराधिकारीको खुलासा हुँदैछ । 

सत्तारूढ कन्जर्भेटिभ पार्टीले विजेताको घोषणा गर्दैछ । पार्टीका शीर्ष नेता स्वतः प्रधानमन्त्री बन्नेछन् । 

जोनसनले गत जुलाई ७ मा राजीनामा दिएका थिए । अनेकौं विवादमा घेरिएपछि उनी पदमा बसिरहन सकेनन् । 

उनको स्थानमा पूर्व अर्थमन्त्री ऋषि सुनक र बहालवाला परराष्ट्रमन्त्री लिज ट्रसमध्ये एक प्रधानमन्त्री बन्नेछन् ।

नयाँ प्रधानमन्त्रीलाई बेलायतमा बढ्दो महंगीले निम्त्याएको समस्या सम्हाल्न निकै गाह्रो पर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्