०५ असार २०८३, शुक्रबार

बालेनको अर्को कदमः असन क्षेत्रको फुटपाथ खाली गराइँदै

बालेनको अर्को कदमः असन क्षेत्रको फुटपाथ खाली गराइँदै
असनकाे फुटपाथ पसल [फाइल तस्वीर]

काठमाडौं महानगरपालिकाले असन क्षेत्रका बाटो छेउ (फुटपाथ)को व्यापार हटाउन थालेको छ । मंगलवार काठमाडौं महानगरपालिकालको टोलीले असनका फुटपाथको व्यापार हटाउन थालेको हो । महानगरपालिकाले असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरू, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरू बुधवार बिहानसम्म हटाउन निर्देशन दिएको छ । 

नगर प्रहरीले इन्द्रचोक क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको छ । त्यस क्षेत्रमा बाटो छेउमा पसल राखिदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । असनका साँघुरा गल्लीमा फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को सक्रियतामा काठमाडौंका सडक पेटीमा सञ्चालन गरिएका पसलहरू हटाउन थालिएको हो । महानगरपालिकाले नयाँबानेश्वर, कोटेश्वर, न्यूरोडलगायतका क्षेत्रमा सञ्चालनमा रहेका फुटपाथ पसल हटाइसकेको छ । 

महानगरपालिकाले काठमाडौंका ३२ वटा वडामै अवैध संरचना र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना पनि हटाउन थालेको छ । महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाइएका अस्थायी तथा स्थायी संरचनाहरू पनि हटाइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्