०५ असार २०८३, शुक्रबार

दलभित्र चर्किंदै पदीय विवाद, किन निम्तन्छ विवाद ?

कात्तिक २०, २०७४
दलभित्र चर्किंदै पदीय विवाद, किन निम्तन्छ विवाद ?
काठमाडौं, १७ साउन- नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच 'पदीय' विवाद छ । पार्टी शीर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने अधिकांश दलमा हानथाप छ । मुख्य नेतापछि को भन्नेमा नेताबीच देखिएको 'टसल' का कारण कतिपय अवस्थामा दलका बैठक प्रभावित हुने गरेको छ । आन्तरिक रूपमा नेताहरूको वरीयता निर्धारण गर्न नसक्दा कांग्रेस, माओवादीदेखि राष्ट्रिय जनता पार्टी (राजपा) र नयाँ शक्तिसम्ममा विवाद देखिएको छ । एमालेले भने यो विषय पदीय हैसियतअनुसार नै टुंगो लगाएका कारण विवाद त्यति सुन्नमा आएको छैन ।3 party
गत शुक्रबार माओवादी केन्द्रको कार्यालय बैठकमा यो विषयले औपचारिक प्रवेश पायो । माओवादीका एक उच्च नेताका अनुसार कार्यालय सदस्य मणि थापाले माओवादी बैठकमा यो विषयलाई प्रवेश गराएका हुन् । मुख्य तीन नेता अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापापछि उनीहरूसँगै बस्ने नेताको पनि टुंगो लगाउन थापाले माग गरेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।
किन निम्तन्छ विवाद ?
विचार, राजनीति र कार्यदिशा समान भए पनि दलभित्रै नेताबीच द्वन्द्व, प्रतिस्पर्धा र सहकार्य भइरहेका हुन्छन् । खास सन्दर्भमा अन्य पार्टीसँग प्रतिस्पर्धाका बेला आन्तरिक पार्टी एकढिक्का भएको देखिए पनि अन्य बेला भने द्वन्द्व बढ्ने राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन् । नेपालका सन्दर्भमा राजनीतिक दलभित्र मुख्य नेतापछि को बन्ने भन्नेमा अलिक बढी नै आन्तरिक विवाद रहेको पोखरेलको बुझाइ छ । त्यस्तो अवस्था आउनुमा भने पार्टी अध्यक्षलाई चुनौती दिन सक्ने गरी अन्य नेताको 'पावर' नहुनु प्रमुख कारण भएको उनले बताए ।
'एकै पार्टीका नेतामा पनि द्वन्द्व हुन्छ, यो जहाँ पनि देखिन्छ । पार्टीभित्रै नेताबीच प्रतिस्पर्धा हुने, जति माथिल्लो तहमा पुग्छन्, त्यति नै अवसर साँघुरिँदै जाने र त्यस्तो साँघुरिने अवसरमा आफ्नो पावर कायम राखिरहन दलभित्रै नेताबीच विवाद, प्रतिस्पर्धा हुन्छन्,' पोखरेलले भने, 'अहिले पनि दलमा यही अवस्था देखिन्छ ।'विचार, राजनीति र कार्यदिशा समान भए पनि दलभित्रै नेताबीच द्वन्द्व, प्रतिस्पर्धा र सहकार्य भइरहेका हुन्छन् । खास सन्दर्भमा अन्य पार्टीसँग प्रतिस्पर्धाका बेला आन्तरिक पार्टी एकढिक्का भएको देखिए पनि अन्य बेला भने द्वन्द्व बढ्ने राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन् । नेपालका सन्दर्भमा राजनीतिक दलभित्र मुख्य नेतापछि को बन्ने भन्नेमा अलिक बढी नै आन्तरिक विवाद रहेको पोखरेलको बुझाइ छ । त्यस्तो अवस्था आउनुमा भने पार्टी अध्यक्षलाई चुनौती दिन सक्ने गरी अन्य नेताको 'पावर' नहुनु प्रमुख कारण भएको उनले बताए ।
'एकै पार्टीका नेतामा पनि द्वन्द्व हुन्छ, यो जहाँ पनि देखिन्छ । पार्टीभित्रै नेताबीच प्रतिस्पर्धा हुने, जति माथिल्लो तहमा पुग्छन्, त्यति नै अवसर साँघुरिँदै जाने र त्यस्तो साँघुरिने अवसरमा आफ्नो पावर कायम राखिरहन दलभित्रै नेताबीच विवाद, प्रतिस्पर्धा हुन्छन्,' पोखरेलले भने, 'अहिले पनि दलमा यही अवस्था देखिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्