२९ जेठ २०८३, शुक्रबार

हलिउड अभिनेता मोर्गन फ्रीम्यानले नेपाली पहिरन लगाएर खेले पिङ

भदौ २२, २०७९
हलिउड अभिनेता मोर्गन फ्रीम्यानले नेपाली पहिरन लगाएर खेले पिङ

हलिउडका प्रख्यात अभिनेता मोर्गन फ्रीम्यानले नेपाली पहिरन लगाएर पिङ खेलेको तस्वीर आफ्नो फेसबूक अकाउन्टमा अप्लोड गरेका छन् । 

दशैंको बारेमा तीनवटा अनुच्छेद पनि उनले तस्वीरसँगै राखेका छन् । 

पिङ खेल्नुलाई उनलाई प्रतीकात्मक रूपमा सामान्यताबाट माथि उठ्नुका रूपमा व्याख्या गरेका छन् । 

दशैं खराबमाथि असलको विजयभन्दा बढी भएको उनको भनाइ छ । आफूभित्र हुने लडाइँलाई स्वीकार गर्नु र संसारका सबै असल कुरालाई स्वागत गर्नका लागि आफूलाई खुला छाड्नु पनि दशैंको अर्थका रूपमा उनले लिएका छन् । 

स्टोरी अफ गड नामक वृत्तचित्रको छायांकनका क्रममा काठमाडौं आएको क्षणलाई कहिले पनि नबिर्सने फ्रीम्यानको भनाइ छ । दशैंको परम्परामा रमाउँदा आफूप्रति नेपालीहरूले देखाएको मायालाई पनि भुल्न नसक्ने फ्रीम्यान लेख्छन् । 
 

कमेन्ट गर्नुहोस्