
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस मिसनमा खटिई आफ्नो १ वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई बुधवार स्वागत गरेका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले संगठनले दिएको जिम्मेवारीलाई संयुक्त राष्ट्र संघको मापदण्ड अनुरूप उच्च मनोबलका साथ प्रभावकारी रूपमा पूरा गरी स्वदेश फिर्ता भएकोमा बधाई दिए ।
स्वदेशमा पनि संगठनले दिएको जिम्मेवारीलाई रचनात्मक तरिकाबाट पूरा गर्न मन, वचन र कर्मले तयार रहनुपर्ने उनले बताए ।
२०७८ साउन ३१ गते खटिई गई गत साउन ३१ गते स्वदेश फिर्ता भएको टोलीमा प्रहरी निरीक्षक १ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक ८ जना, प्रहरी नायब निरीक्षक २ जना र प्रहरी सहायक निरीक्षक २ जना गरी जम्मा १३ जना प्रहरी कर्मचारीको सहभागिता थियो ।