०३ साउन २०८३, आइतबार

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेवल नेपालको २०७९ भदौ १८ गते सम्पन्न २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ ।

राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । 

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भए । 

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए । 

सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरू आएका थिए । 

साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्